नेपालगञ्ज, २४ जेठ । बाँकेमा ’हाम्रो सुर्खेती समाज’ गठन गरिएको छ । नेपालगञ्जमा आज भएको पहिलो साधारणसभाले राजाराम सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रामबहादुर महतारा, सचिवमा यमनारायण पौडेल र कोषाध्यक्षमा मञ्जु रिजाल, सदस्यहरुमा पुसबहादुर खत्री, अनिता विसी, शंकर रावत क्षेत्री, टिकाराम नेपाली, शारदा रेग्मी, राजन विसी र किशोर शर्मा चयन हुनुभएको छ ।
यसअघि भएको साधारणसभा उद्घाटन समारोहमा पू्र्व मन्त्री शिवराज जोशीले समाजको भूमिका समाजहितमा केन्द्रीत हुनपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो-‘जन्मथलो र कर्मथलोप्रति समान भावना र व्यवहार सबैवाट हुनुपर्छ ।’
समाजको तदर्थ समितिका अध्यक्ष अधिवक्ता पूर्णप्रसाद ढकालको अध्यक्षतामा भएको साधारणसभामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगर, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, दैलेखी समाजका अध्यक्ष पूर्णदेव गिरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साधारणसभा उद्घाटन समारोहमा समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।