नीरज गौतम /नेपालगञ्ज, ६ जेठ । मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालिम आजदेखि नेपालगञ्जमा आयोजना गरिएको छ । सामाजिक बिकास डिभिजन कार्यालय बाँकेको सहयोगमा बागेश्वरी असल शासन क्लब (बास) ले तालिम आयोजना गरेको हो ।
एक कार्याक्रमका बीच सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले तालिमको उद्घाटन गर्दै मुस्लिम महिलाहरुलाई आत्मनिर्भर बनाइ विकासको मूलधारमा समेटनुपर्नेमा जोड दिनुभयो ।
तालिममा लुम्बिनी प्रदेश सांसद मीना सिद्दिकी बोहरा, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मा, उपाध्यक्ष तथा तालिम विभाग प्रमुख दिला शाहलगायतले बोल्नुभएको थियो ।
तालिममा नेपालगञ्ज उपमहानगरपालिकाको बिभिन्न वडाका गरी ९० जना मुस्लिम महिलाहरुको सहभागिता रहेको छ ।