नेपालगञ्ज, २० चैत । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी क्याप्टेन अन्जिला तुम्बापो सुब्बाले नेपालममा महिला फुटबलको स्तर बढ्दै गएको बताउनुभएको छ ।
नेपालगञ्जमा आगामी बैशाख ५ गतेदेखि हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल तयारीका सन्दर्भमा आज भएको पत्रकार भेटघाटका अवसरमा क्याप्टेन सुब्बाले नेपालमा महिला फुटबललाई व्यवस्थित गर्न थुपै्र चुनौति छन्, तथापी अहिले प्राप्त अवसरवाट खेलाडीहरुले कडा मेहनत र सघर्षवाट फाइदा लिन सक्नुपर्छ भन्नुभयो ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गर्ने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलकी सद्भाव दुतसमेत रहनुभएकी क्याप्टेन सुब्बाले भन्नुभयो-‘महिला फुटबलवाट अन्तर्राष्ट्रियस्तरको नतिजा चाहिएको हो भने राज्यका तर्पmवाट लगानी जरुरी छ । किनभने लगानी नगरेरै राम्रो प्रतिफल प्राप्त गर्न सकिदैन् भन्ने कुरा हामी सबैले बुभ्mनुपर्छ ।’
नेपालगन्जमा राष्ट्रियस्तरको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुन लागेकोमा खुशी व्यक्त गर्दै क्याप्टेन सुब्बाले महिला फुटबलका खेल प्रतियोगिताहरु भइसहनुपर्छ भन्नुभयो ।
यसैबीच, नेपाली राष्ट्रिय महिला फुटबल टीमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बाले आजै नेपालगन्ज रंगशालाको निरीक्षण गर्नु भएको छ । उहाँले त्यहाँ रहेको लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल सचिवालयको पनि निरीक्षण गर्नुभयो । कार्यक्रममा उहाँलाई बाँकेका महिला फुटबल खेलाडी र पदाधिकारीले स्वागत गरेका थिए ।
त्यस अवसरमा क्याप्टेन सुब्बाले लुम्बिनी कप महिला फुटबलका लागि प्रशिक्षणमा रहेका बाँकेका खेलाडीलाई अनुशासित र मेहनती भएर अभ्यास गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो-‘कडा मेहनतबिना प्रतिफल पाउन सकिदैन, तसर्थ प्रशिक्षकले सिकाए अनुसार, खेल अभ्यास गर्नुपर्छ भन्नुभयो ।