नेपालगञ्ज, १५ चैत । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्र्रतियोगिताको मैत्रीपूर्ण खेलमा पत्रकारको टीम विजयी भएको छ ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेख १५ गतेसम्म नेपालगञ्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुदैछ । सोही प्रतियोगिताको पूर्व तयारीका क्रममा आज बाँकेवाट प्रतिनिधित्व गर्ने महिला जनप्रतिनिधि तथा पत्रकारबीच खेल खेलाइएको थियो ।
उक्त प्रतियोगितामा पत्रकारको टीम जनप्रतिनिधिको टीमलाई एकका विरुद्ध दुई गोलले विजयी भएको हो । प्रतियोगितामा पत्रकारको टीमका तर्पmवाट सन्ध्या गैरे र धन विक तथा जनप्रतिनिधि टीमका तर्पmवाट कल्पना नेपालीले गोल गरेका थिए ।
मैत्रीपूर्ण खेलमा बाँकेवाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सांसद मीना श्रेष्ठ, माया पुन, अम्बिका काप्mले, सुशीला वादी, मीना सिद्धिकी, विभिन्न पालिकाका उपप्रमुख, वडा सदस्यलगायतको सहभागिता थियो भने पत्रकारका टीममा पत्रकार महासंघका उपाध्यक्ष करुणा शाह, क्रियाशिल पत्रकार महिलाका अध्यक्ष सावित्री गिरी, सचिव निशु जोशी, पत्रकारहरु रुपा गहतराजलगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिताका सहभागी खेलाडी तथा सहयोगी संस्थालाई प्रमुख अतिथि ओलम्पियन पार्वती थापा, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके जिल्ला अध्यक्ष नवीन गिरी, राखेपका पूर्व सदस्य राजेन्द्र शाही, मैत्रीपूर्ण प्रतियोगिता संयोजक उमा थापामगर लगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
आगामी बैशाख ५ गतेदेखि हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी आठ टीमको सहभागिता रहने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो ।
प्रतियोगितालाई उचित व्यवस्थापनका साथ सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरुले पनि आप्नो कामलाई तिव्रता दिएका छन् । आर्थिक उपसमिति, समन्वय उपसमिति, सांस्कृतिक उपसमिति, प्रचार प्रसार उपसमितिलगायतका उपसमितिहरुको दिनहुँजसो बस्ने बैठकले प्रतियोगिता व्यवस्थापनका पक्षलाई सूक्ष्मरुपमा अध्ययन गरेर कामलाई गति दिइरहेको अन्तरालका प्रमुख कार्यकारी शाहले बताउनुभयो ।
यसैगरी, लुम्बिनी कप महिला फुटबल प्रतियोगिता तयारीका बारे विशिष्ट व्यक्तिले चासो समेत व्यक्त गरेका छन् । प्रतियोगिता आयोजनाको उल्टो गन्ती शुरु भएसंगै केन्द्रदेखि जिल्ला तहसम्मका विशिष्ट व्यक्तिहरुले चासो व्यक्त गर्न थालेका हुन् ।
प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रंगशाला र त्यहा रहेको सचिवालयको स्थलगत अवलोकन गर्दै विशिष्ट व्यक्तिहरुले आवश्यक सहयोगका लागि आप्नो प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
संघीय सरकारका पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज अथक, बाँके क्षेत्र नं. ३ वाट निर्वाचित संघीय सांसद किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमूना, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व प्रवक्ता मोहना अन्सारीलगायतका विशिष्ट व्यक्तिहरुले प्रतियोगिता तयारीको अनुगमन गर्दै सहयोगको प्रतिबद्धता जनाउनुभएको हो ।
यस्तै, नेपाली कांग्रेस, बाँकेका सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रतन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरेन्द्र पौडेल, निमित्त सचिव रुद्रमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दिपेन्द्रबहादुर सिंह र नेपाली कांग्रेसका कोषाध्यक्ष यज्ञ बस्नेतले पनि प्रतियोगिता तयारीको स्थलगत अवलोकन गर्नुभएको छ ।