नेपालगञ्ज, ७ चैत । आगामी बैशाख ५ गतेदेखि नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । यसअघि फागुन १९ गतेदेखि हुने भनिएको उक्त प्रतियोगिताको मिति प्राविधिक कारणले पछि सार्नुपरेको हो ।
प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टीमको सहभागिता रहने छ । सहभागि टीममा नेपाल र भारतका ख्याती प्राप्त र चर्चित खेलाडीहरुको सहभागिता रहेन जनाइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितालाई भव्य तथा सभ्यरुपमा सम्पन्न गर्न गठित विभिन्न समितिको काम जोडतोडका साथ भइरहेको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।
यसैबीच, प्रतियोगिताको पूर्व तयारीकै क्रममा महिला पत्रकार र महिला जनप्रतिनिधिबीच यही चैत १५ गते शुक्रवार साढे चार बजे मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।
मैत्रीपूर्ण फुटबलका लागि नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व उपमेयर उमा थापामगरलाई संयोजकत्व तोकिएको छ । उक्त मैत्रीपूर्ण खेलका लागि दुवै टीमतर्पm १८÷१८ जना खेलाडी छनोट गर्न सकिने मापदण्ड तोकिएको छ ।