नेपालगञ्ज, ४ चैत । आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा नं. ८ पिपिरी बस्ने २५ वर्षीय निमबहादुर बिक रहेका छन् ।
बिकले बालिकालाई डर त्रास देखाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा बाँकेको इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो ।
बलात्कार घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।