नेपालगञ्ज, ३ चैत्र । बाँकेमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई महेन्द्र पुस्तकालय नेपालगञ्जले पुरस्कार प्रदान गरेको छ ।
जिल्लाका सामुुदायिक विद्यालयहरुतर्प कक्षा १२ का छात्राहरु मध्ये सबैभन्दा उत्कृष्ट अंक ३.५८ जीपीए प्राप्त गरेकी त्रिभुवन नमूना मावि कोहलपुरकी छात्रा श्री संगिता कटुवाललाई पुरस्कार प्रदान गरिएको हो ।
महेन्द्र पुस्तकालयमा स्थापना गरिएको शान्ता राणा शैक्षिक पुरस्कार छात्रा कटुवाललाई प्रदान गरिएको हो । पुरस्कारको राशी रु २१ ह्जार रहेको छ । उक्त पुरस्कार डा. कृष्णजङ्ग राणाले स्थापना गर्नुभएको हो ।
पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्जका कार्यवाहक मेयर कमरुद्दीन राइ, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, पूर्व प्रधानाध्यापक विष्णुमान श्रेष्ठ, प्राज्ञ शशीराम कार्की, नरेन्द्रजंग पिटर लगायतको उपस्थिति थियो ।