नेपालगज, २९ माघ । कोहलपुरको ग्रीनपिस मावि मेयर कप अन्तरविद्यालय छात्र फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
आज भएको क्वाटर फाइनल खेलमा ग्रीनपीसले आदर्श मावि राँझालाई पेनाल्टी सुटआउटमा चारका विरुद्ध पाँच गोलले हराउदै सेमिफाइलनमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टीमले एक-एक गोलको बराबरी खेलेपछि पेनाल्टी शुटआउटवाट नतिजा निकालिएको थियो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका ग्रीनपीसका विराज रोकायलाई प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै आजै भएको अर्को खेलमा धम्बोझी मावि नेपालगञ्जले पेनाल्टी सुटआउटवाटै आदर्श मावि नेपालगन्जलाई पाँच-तीन गोल अन्तरले पाखा लगाउदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयको खेल दुई-दुई गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्डी शुटआउटवाट निकालिएको थियो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने धम्बोझीका समिर मगरले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा पेनाल्टी सुटआउटमा नेपालगञ्ज मोडेल एकेडेमीलाई तीन-एक गोलले पराजित गर्दै युनाइटेड एजुकेशन स्कुल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल एक-एक को बराबरीमा सकिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडका गोलकिपर तथा कप्तान अनिष राना प्लेयर अफ द म्याच घोषित हुनु भयो ।
प्रतियोगिता आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष कमल खत्रीका अनुसार, भोली छात्रातर्फको पहिलो क्वाटरफाइनलमा मोर्डन पब्लिक स्कुल र मनकामना मावि स्कुलले प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनलमा धम्बोझी र युनाटेड एजुकेशनले प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी भोलिदेखि छात्रातर्फको खेल पनि सुरु हुने भएको छ । छात्रातर्फको पहिलो खेलमा नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल र धम्बोझी मावि र युनाइटेड एजुकेशन र मनकामनाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको छात्रतर्फ २१ टीम र छात्रातर्फ ६ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन तीन गते हुने जनाइएको छ ।