नेपालगञ्ज, १९ माघ । बाँकेको नेपाल—भारत सीमानाका जमुनाहावाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित
दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको रुपैडिहा बजारदेखि नेपालगन्जतर्फ आउँदै गरेका सुर्खेत लेखवेशी नगरपालिका वडा नं. १ रातामाटाका भक्तराज थापा र दैलेख भगवती गाउँपालिका वडा नं. ३ का हिमाल खड्कालाई इलाका प्रहरी कार्यालय जमुनाहा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, चेकजाँचका क्रममा ती युवकवाट ११ ग्राम ४७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
पक्राउ परेका युवकहरुका विरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ ।