नेपालगञ्ज, ५ माघ । नेपालगञ्ज, वडा नं. १३ बुलबुलिया शान्तिनगरका स्थानीयले आज शनिवार आप्नो टोलको सरसफाई गरेका छन् ।
टोलको दक्षिण-उत्तरतर्पको ६०० मिटर सडक-नालाको सरसफाई गरिएको समितिका सचिव रामकुमार शर्माले जानकारी दिनुभयो । बुलबुलिया शान्तिनगर टोल विकास समितिको आयोजनामा गरिएको टोल सरसफाई कार्यक्रममा जेष्ठ नागरिक, युवा तथा महिलाहरु गरी करिब २० जनाको सहभागिता रहेको थियो ।
टोल सरसफाईका लागि स्थानीयहरुको आर्थिक सहयोगमा सफाई सम्बन्धि सामग्री समितिमार्पत खरीद गरिएको छ । समितिले प्रत्येक साताको शनिवार बिहान ६.३० बजेदेखि टोल क्षेत्रको स्थान छनोट गरी सरसफाई गर्ने कार्यक्रम तय गरिएको सचिव शर्माले बताउनुभयो ।
टोल सरसफाईका अलावा सुरक्षाका दृष्टिकोणले सम्वेदनशील स्थानमा सीसी क्यामरा जडान, टोलका पाटीपौवा तथा सार्वजनिकस्थलको संरक्षण तथा सम्बद्र्धन र टोल क्षेत्रमा जठाभावी फोहर गर्ने प्रवृत्तिको अन्त्यका लागि पहिलो चरणमा सचेतीकरण अभियान सञ्चालनको प्रक्रिया पनि समितिले शुरु गरिसकेको छ ।
सीसी क्यामरा जडान तथा सरसफाई उपकरण खरीदका लागि समितिले माग गरे बमोजिम नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को कार्यालयले रु ५० हजार बजेट बिनियोजन गरिसकेको वडा अध्यक्ष सुरेशसिंह ठाकुरले जानकारी दिनुभयो ।
यसैबीच टोल विकास समितिको आजै बसेको बैठकले नयाँ सदस्यता थप तथा आर्थिक संकलनका कोषाध्यक्ष बखतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा रामचन्द्र पौडेल र राजुविक्रम शाह रहनुभएको छ । कार्यदललाई एक महिलाभित्र कार्यसम्पादन गरेर कार्यसमितिमा प्रतिवेदन बुझाउन समय दिइएको छ ।
समितिका अध्यक्ष निरजकुमार गौतमको अध्यक्षतामा बसेको बैठकले टोलको दक्षिण-उत्तरतर्प विद्युत व्यवस्थापन, टोलको सुरक्षाका लागि स्थानीय प्रहरी, प्रशासनसंग समन्वय गर्ने, सरसफाईमा सबैको नियमित सहभागिता हुनुपर्ने निर्णय समेत गरेको छ ।