नेपालगञ्ज, १६ मंसिर । नेपालगञ्जमा लुम्बिनी कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आगामी फागुनको अन्तिम साता हुने प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय महिला फुटवल टिमका पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बापो सुब्बाले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको छ ।
लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रातो रङ्ग समेटिएको छ ।
नेपालगञ्ज रंगशालामा हुने राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहने अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिनुभयो ।