नेपालगञ्ज, १० कात्तिक । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आप्नो ७२औं स्थापना दिवस आज देशभर विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।
त्यस अवसरमा तरुण दलको बाँके जिल्ला शाखाले पनि आज नेपालगञ्जस्थित मानव सेवा आश्रमका असहाय तथा अशक्तहरुका लागि खाद्यान्न वितरण तथा नेपालगञ्जकै विपीचोकमा दिप प्रज्वल गरी स्थापना दिवस भव्यरुपमा मनाएको छ ।
आज बिहान मानव सेवा आश्रममा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले आश्रमका इन्चार्ज विष्णु घर्तीलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । तरुण दल बाँके शाखाले उक्त आश्रमका असहाय तथा अशक्तहरुका लागि चालम, दाल, तेल, मस्यौरालगायतका खाद्यान्न सामग्री उपलव्ध गराएको छ ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य घिमिरेले तरुण दल नेपाली कांग्रेसका बलियो खम्बाका रुपमा रहेको बताउदै तरुणहरु पार्टीको संगठन मजबुत बनाउन अभैm सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
तरुण दल, बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको खाद्यान्न वितरण कार्यक्रमा नेपाली कांग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेल, तरुण दल, बाँकेका सचिव बिनोद रिजाल, आश्रमका इन्चार्ज घर्तीलगायतले बोल्नुभएको थियो ।
सोही कार्यक्रमा तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दिपजङ्ग शाहले रु ११ हजार र सदस्य समिर विष्टले रु सात हजार नगद आश्रमलाई उपलव्ध गराउनुभएको थियो भने कार्यक्रममा आश्रमका सदस्यहरुलाई तरुण दलकातर्पवाट सामूहिक भोजन गराइएको थियो ।
दिवसकै अवसरमा तरुण दल, बाँकेले नेपालगञ्जस्थित विपी चोकमा दिप प्रज्वलन गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस, बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले जननायक विपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको थियो भने त्यहा उपस्थित नेपाली कांग्रेसका नेतागण र तरुण दलका सदस्यहरुले सामूहिक दिप प्रज्वलन गर्नुभएको थियो ।
उक्त कार्यक्रम तरुण दल, बाँकेका अध्यक्ष शाहको अध्यक्षतामा भएको थियो ।