नेपालगञ्ज, २२ असोज । नेपालगञ्जवाट प्रकाशित स्वास्थ्य पेज डटकमले आफ्नो पाँचौैं वार्षिकोत्सव मनाएको छ ।
दिर्घायु हाउस प्रालिद्धारा सञ्चालित स्वास्थ्य पेज डटकमले आप्नो पाँचो बार्षिकोत्सवका अवसरमा स्वास्थ्य पेज विशेषांक समेत प्रकाशित गरेको छ ।
आज आयोजित कार्यक्रममा नेपाल चिकित्सक संघ भेरी शाखा नेपालगञ्जका अध्यक्ष वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.विनोद थापाले विशेषांकको विमोचन गर्नुभयो ।
त्यस अवसरमा डा.थापाले स्वास्थ्य क्षेत्रको सकारात्मक तथा उचित व्यवस्थापनमा सञ्चारकर्मीको भूमिका सधै महत्वपूर्ण हुने गरेको छ भन्नुभयो ।
दिर्घायु हाउस प्रालिका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका संस्थापक डा.सुरेशकुमार कनोडिया, भेरी अस्पतालका निमित्त मेसु डा.कीर्तिपाल सुवेदी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीलगायतले पनि बोल्नुभएको थियो ।
सोही कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका संस्थापक डा. कनोडियालाई स्वास्थ्य पेज डटकमले सम्मान गरेको छ ।
पश्चिम नेपालमा निजी क्षेत्रबाट स्वास्थ्य सेवाको विकास, विस्तार र प्रबद्र्धनका लागि डा.कनोडियाले भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रमका अध्यक्ष प्रियास्मृति ढकाल र प्रमुख अतिथि नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष थापाले दोसल्ला डा. कनौडियालाई दोसल्ला तथा कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।