बर्दिया, ३ असोज । बर्दिया जिल्लाको गुलरिया नगरपालिका क्षेत्रका शिक्षकलाई एकिकृत पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण गरिएको छ ।
प्लान नेपालको साझेदारीमा बाँके युनेस्को क्लव र गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत आयोजित तीन दिने कार्यशाला गोष्ठीमा सहभागि शिक्षकहरुलाई अभिमुखिकरण गरिएको हो ।
कार्यशाला गोष्ठीमा गुलरिया नगरपालिका अन्तर्गतका ४६ सामुदायिक बिद्यालयका कक्षा १ देखि ३ सम्मका १४० शिक्षकको सहभागिता रहेको परियोजना संयोजक गोबिन्दप्रसाद लामिछानेले जानकारी दिनु भयो ।
कार्यशालाको सहजीकरण मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायणप्रसाद खनाल तथा ठाकुरबाबा नगरपालिका शिशु बालमन्दिरका प्रधानाध्यापक शंकरप्रसाद आर्चायले गर्नु भएको थियो ।
आज भएको कार्यशाला गोष्ठी समापन कार्यक्रममा बाँके युनेस्को क्लवका परियोजना कार्यक्रम अधिकृत ईश्वर बिक, अनुगमन तथा मूल्याङ्कन अधिकृत अनु चौधरी, फिल्ड सुपरभाइजर भगवती बिकलगायतको उपस्थिति रहेको थियो ।
सहभागिहरुले कार्यशाला गोष्ठी अति नै फलदायी रहेको बताएका छन् ।