नेपालगञ्ज, २५ भदौ । बाँके जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरुको दुई दिने वार्षिक प्रगति तथा समिक्षा गोष्ठी आजदेखि नेपालगञ्जमा शुरु भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भएको गोष्ठीमा आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा स्वास्थ्य क्षेत्रमा भएका प्रगतिको समिक्षा गरिने जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
गोष्ठीको पहिलो दिन आज जिल्लाका ८ वटै पालिकाले आर्थिक वर्ष २०८०÷०८१ को प्रगति विवरण र भावी योजना प्रस्तुत गरेका थिए ।
भोलिसम्म सञ्चालन हुने गोष्ठीमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक, निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी र स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।