नेपालगञ्ज, २१ असार । भेरी अस्पताल नेपालगञ्जको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. प्रकाश थापालाई नियुक्त गरिएको छ ।
अहिलेका मेडिकल सुपरिटेन्डेन्ट डा. पवलजङ्ग रायमाझीलाई मन्त्रालयमा फिर्ता बोलाएर स्वास्थ्य मन्त्रालयले डा. थापालाई मेसुमा नियुक्त गरेको हो ।
डा. थापा यसअघि पनि दुई पटक भेरी अस्पतालको मेसु भएर कार्य सम्पादन गरिसक्नुभएको छ । कोरोना महामारीका समयमा डा. थापाले मेसुको भूमिकामा गर्नुभएको कार्य सम्पादनलाई उत्कृष्ट मान्ने गरिएको छ ।
डा. थापाको उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्यांकन गरेरै तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रवल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित गर्नुभएको थियो ।
२०८१÷०३÷२१