नेपालगञ्ज, १७ असार । बाँके प्रहरीले नेपालगञ्जवाट ठूलो परिमाणमा भण्डारण गरी राखेको अवैध लत्ताकपडा बरामद गरेको छ ।
नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोकमा रहेको सोनी
गुप्ताको घरमा भण्डारण गरी राखिएको रु ३८ लाख मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीले बताउनुभयो ।
उहाँका अनुसार, प्रहरीले रु ३४ लाख १९ हजार बराबरको ७४ थान कुर्तासुरुवाल र रु चार लाख २० हजार मूल्यका ८४० थान साडी बरामद गरिएको छ ।
बरामद गरिएका सबै अवैध लत्ताकपडा आजै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।