नेपालगञ्ज, ३२ जेठ । बाँके प्रहरीले विभिन्न मितिमा बरामद गरेको लागु औषध आज जिल्ला प्रशासन कार्यालयमा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको लागु औषध मुद्दा अन्तर्गत बरामद गरिएका मध्ये अनुसन्धान अधिकारीका लागि छुट्याइएका लागु औषध नष्ट गरिएको हो ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म बरामद गरिएका लागु औषध बाँके जिल्लास्थित विभिन्न सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी प्रवक्ता डांगीका अनुसार, बाँके प्रहरीले उक्त अवधिमा बरामद गरेको ब्राउनसुगर ९० ग्राम ८०० मिलिग्राम, कोरेक्स २०० एम.एल., नाइट्रोजेपाम २५ ट्याबलेट र गाँजा ६ ग्राम नष्ट गरिएको छ ।