नेपालगञ्ज, ३२ जेठ । नेपालगञ्जमा वडास्तरका जनप्रतिनिधि र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा क्षमता अभिबृद्धि गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० कार्यालयको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले र आज आयोजना गरेको हो ।
अभिमुखीकरणमा सूचनाको हकको प्रयोग, उपयोगिता, फाईदा, सूचना प्रवाह, सूचनाको हक सम्वन्धी ऐन, स्थानीय तहमा सुशासनको पारदर्शिता, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायतका विषयमा अधिबक्ता विश्वजित तिवारी, पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठले स्थानीय तहमा सुशासनको कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै वडाबासीलाई चाहिने सबै सूचना सहज रुपमा प्रवाह भइरहेको जानकारी दिनुभयो ।