नेपालगञ्ज, ३१ जेठ । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले नेपालको स्वास्थ्य अवस्था सुधारका लागि आवश्यक गृहकार्य भइरहेको बताउनुभएको छ ।
राज्यमन्त्री खानले नेपालगञ्ज वडा नं. १५ पिप्रहवास्थित स्वास्थ्य चौकीको निरीक्षणका क्रममा उक्त कुरा बताउनुभएको हो ।
राज्यमन्त्री खानले पिप्रहवा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर स्थापनाका लागि भवन निर्माण गर्न प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । निरीक्षणका क्रममा राज्यमन्त्री खानलाई स्वास्थ्य चौकी प्रमुख जयराम पाण्डले विभिन्न मागसहितको पत्र बुझाउनुभएको थियो । ।
ि२०८१÷०२÷३१