बीरेन्द्रनगर (सुर्खेत), ३० जेठ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट सञ्चालनको आज औपचारिक शुभारम्भ गरिएको छ । मोटरबोटको गत वैशाख १२ गतेदेखि परीक्षण सञ्चालन गरिएको थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले एक कार्यक्रमका बीच मोटरबोट सञ्चालनको शुभारम्भ गर्नुभयो । त्यस अवसरमा मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुने गरेको छ भन्नुभयो ।
बीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया भण्डारी ढकालले बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटन गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
मोटरबोट कम्पनी बोटेबोराका सञ्चालक विष्णु ढकालले करिब एक महिनामा मोटरबोटको सयरगर्न पर्यटकको उल्लेख्य उपस्थितिले हौसला बढाएको बताउनुभयो । ढकालका अनुसार, बोटेबोरा कम्पनीले रु एक करोड ५० लाखको लागतमा तीन वटा मोटरबोट सञ्चालनमा ल्याएको छ ।