नेपालगञ्ज, २४ चैत । नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्र्याक निर्माणको काम अन्तिमचरणमा पुगेको छ ।
ट्र्याक निर्माणसंगै खेलकूदका भौतिक पूर्वाधारलाई व्यवस्थित गर्ने काम पनि भइरहेको साविक मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका बेला निर्माण भएका भौतिक पूर्वाधारलाई मध्यपश्चिम खेलकुद विकास समितिले आप्नो आन्तरिक बजेटवाट व्यवस्थित गर्न थालेको हो ।
‘केन्द्रको बजेट ‘जीरो’ छ, कर्मचारीको तलब व्यक्तिगत खातामा आउछ, अफिसिल बजेट केन्द्रले पठाउदैन्’, कार्यालय प्रमुख चन्दले भन्नुभयो—‘खेलकुद गतिविधि आयोजना गर्दा संस्थावाट लिने गरिएको शुल्कवाट समितिको बजेट व्यवस्थापन हुने गरेको छ ।’
विक्रम सम्वत २०७५ मा आयोजनाका बेला नेपालगञ्ज रंगशालामा झण्डै १८ करोडको लागतमा पौडी पोखरी र २४ करोडको लागतमा प्याराफिटसहितको अत्याधुनिक रंगशाला, भारोत्तोलन एकेडमी, शूटिङ्ग रेन्ज निर्माण गरिएको थियो । त्यही पूर्वाधारलाई मध्यपश्चिम खेलकुद विकास समितिले आप्नो आन्तरिक बजेटवाट अहिले मर्मत सम्भार गर्दै आएको छ ।