नेपालगञ्ज, २३ चैत । नेपालगञ्जवाट प्रकाशन हुने सद्भाव दैनिक र सेतोखरी डट कमका सम्पादक दामोदर भण्डारीलाई समाचार प्रकाशनकै विषयमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकारका संगठनहरुले घोर भत्र्सना गरेका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्षसमेत रहनु भएका सम्पादक भण्डारीलाई दिएको धम्कीले जिल्ला प्रहरी प्रमुख बोहराले आप्नो ओहदाको गम्भीर दुरुपयोग गरेको संगठनहरुले ठहर गरेका छन् ।
आज नेपाल पत्रकार महासंघले छुट्टै र अन्य आस्थाका संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यो घटनाले पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने काम गरेको निष्कर्ष निकालेका छन् ।
महासंघका तर्पmवाट सचिव कमल डाँगीले छुट्टै तथा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य र प्रगतिशील पत्रकार संघका संयोजक तिलक गाउँलेले संयुक्त विज्ञप्ती प्रकाशित सम्पादक भण्डारीलाई दिएको धम्कीपूर्ण घटनाको निन्दा गरेका छन् ।
यसैगरी, नेपालगञ्जस्थित विभिन्न मानवअधिकार संगठनले समेत जिल्ला प्रहरी प्रमुखद्धारा सम्पादक भण्डारीलाई दिएको धम्की आपत्तिजनक भएको ठहर गरेको छ ।