नेपालगञ्ज, १८ चैत । राष्ट्रिय युवा संघ नेपालका युवाहरुमाथि नियोजित ढङ्गबाट आक्रमण भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हिजो शनिवार चैत्र १७ गते डुडुवा गाउँपालिका वडा नं.४ मा राष्ट्रिय युवा संघ नेपाल डुडुवा गाउँपालिकाको अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा सहभागि भई फर्कने क्रममा सोही गाउँपालिका वडा नं.४ स्थित मिलन चोकमा खाजा खान रोकिएका राष्ट्रिय युवा संघ नेपालका युवाहरु मथि आक्रमण भएको थियो । उक्त आक्रमणमा रितेश कश्यप घाइते भएका छन् ।
एमाले, बाँकेले आज आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा आक्रमण नियोजित भएको ठहर गरेको छ ।
‘हाम्रा युवाहरुमाथि भएको कायरतापूर्ण आक्रमणको निन्दा एवम् घोर भत्र्सना गर्दै घाइते कश्यपको शीघ्र स्वास्थ्य लाभको कामना सहित निःशुल्क उपचारको व्यवस्था मिलाउन र यस घटनाको मुख्य योजनाकार एवम् दोषीहरुलाई अविलम्ब पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याउन एमालेले विज्ञप्तिमार्पmत माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाका पीडित पक्षलाई न्याय दिन बाँके प्रशासनसँग जोडदार माग गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित पक्षलाई सचेत गराउँदछौँ ।’