नेपालगञ्ज, ८ चैत । नेपालगञ्ज भंसार कार्यालयको सडक व्यारियरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बाँके जिल्लाको मुख्य सीमानाका जमुनाहा हुँदै नेपालगन्ज आउदै गरेको भे. ३ प. ९६०३ नं. को मोटरसाइकल व्यारियरमा ठोक्किँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का २४ बर्षीय सूरज बर्माको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीले जानकारी दिनुभयो ।
यसैबीच, भंसार छलेर नेपालगञ्ज ल्याइएका रु ४ लाख ३४ हजार मूल्य बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
बरामद गरिएका सामानमा कपडा, सेन्ट, जुत्ता, चिनी, सुर्ती, लागायत रहेका छन् । बरामद गरिएका उक्ता सामान आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।