नेपालगञ्ज, १ चैत । नेपालगञ्जमा भोलि शुक्रवारदेखि आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन हुँदैछ । पहिलो दिन भोलि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।
परीक्षामा नेपालगञ्जका ८१ वटा विद्यालयका तीन हजार ७८ जना परीक्षार्थीसामेल हुने महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । आधारभूत तह परीक्षाको लागि सात वटा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षालाई ब्यवस्थित र मर्यादित बनाउन मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, परीक्षा समिति सदस्य र शिक्षा महाशाखाको टोलीले अनुगमन गर्ने जनाइएको छ ।