नेपालगञ्ज, ३० फागुन । इस्लाम धर्मावलम्बीको महानपर्व रमजानको अवसरमा बाँके नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इस्तियाकअहमद शाहले शुभकाामना दिनुभएको छ ।
शाहद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘रमजान पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै धार्मिक सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न सबैलाई प्रेरणा दिनेछ ।’ उहाँले स्वदेश तथा विदेशमा रहेका समस्त मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।
अध्यक्ष शाहले नेपालको संविधानले बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय र भौगोलिक विविधतालाई स्विकार गरेको छ भन्दै रमजान पर्व कुरान र देशलाई छातीमा राखेर मनाउनुपर्छ भन्नुभएको छ ।
अध्यक्ष शाहद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, “चाडपर्व र संस्कृतिहरुले नेपालीहरुको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्, यहीँ विविधताभित्र रहेको इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व रमजान पनि एक हो ।”