नेपालगञ्ज, २२ फागुन । नेपालगञ्जमा ब्राउनसुगरसहित दुई भारतीयलाई प्रहरीले मंगलवार आज पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज-१६ चौलिक्का चोकबाट १०३ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक इरफान कुरेसी र रिजवान कुरेसीलाई पक्राउ गरेको हो ।
प्रहरीले नेपाल-भारतको सीमापारी बजार रुपैडिहा हुँदै नेपालगञ्जतर्फ आउदै गरेको यूपी ३२ डिके ६७५१ नम्बरको जीपमा खानतलासी गर्दा उक्त परिमाणको ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
प्रहरीले उक्त घटनाको जिल्ला लागूऔषध कसुरमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।