नेपालगञ्ज, १८ फागुन । नेपालगञ्ज वडा नम्बर १५ को जमुनाहा गाउँमा सडक बत्ती जडानका साथै कालोपत्रे सडक निर्माण हुने भएको छ ।
नेपालगञ्जको सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म ४० वटा पोलमा बत्ती जडान र नालासहितको २२० मिटर लम्बाईको सडकमा कालोपत्रे गर्न लागिएको हो । उक्त निर्माण योजनाको शुक्रवार आज नेपालगञ्जका मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईले शुभारम्भ गर्नुभयो । ।
त्यस अवसरमा मेयर विष्ट र उपमेयर राईले तोकिएकै समय र मापदण्डभित्र काम सम्पन्न गर्न ठेक्का कम्पनीलाई निर्देशन दिनुभयो । कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष मदनविक्रम शाह, उपमहानगरपालिका नापी शाखा प्रमुख मनराज थापा, ए.एन.डी कन्स्ट्रक्सनका प्रोप्राइटर निराजन ढुंगाना लगायतको उपस्थिति थियो ।
उक्त योजनाको काम चालू आर्थिक वर्षको जेठ १५ गतेभित्र सक्ने गरी ए.एन.डी कन्स्ट्रक्सन गु्रपले ठेक्का सकारेको छ । निर्मांण योजनाको लागत ४७ लाख ८८ हजार हुने उपमहानगरपालिकाका इन्जिनियर प्रदिप कुमार हरिजनले जानकारी दिनुभयो ।
।