नेपालगञ्ज, १६ फागुन । नेपालगञ्जमा सहकारी नेतृत्व तथा व्यवस्थापन विकास सम्बन्धि तीन दिने तालिम आजवाट सुरु भएको छ । तालिममा उपमहानगरपालिका नियमन क्षेत्र भित्रका सहकारी संस्थाका व्यवस्थापक तथा सञ्चालकहरुको सहभागिता रहेको छ ।
तालिमको नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकास समिति संयोजक एवंम् वडा नं. ४ का अध्यक्ष गोपाल पुनले उद्घाटन गर्दै कुशल नेतृत्ववाटै संस्थालाई सही तरीकाले हाक्न सकिने भएकाले तालिम आयोजना गरिएको हो भन्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखाद्धारा आयोजित तालिममा नेतृत्व तथा व्यवस्थापन विकास विज्ञ शिवप्रसाद भुषाल, सहकारी शाखा प्रमुख प्रविण राना र जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले सहभागिहरुलाई प्रशिक्षण दिने बताइएको छ ।
सहकारी शाखा प्रमुख तुलसा पन्थीका अनुसार, यसअघि शाखाले नेपालगञ्जका सहकारी संस्थाका लागि सहकारी तथा गरिवी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम पनि सञ्चालन गरेको थियो ।