नेपालगञ्ज, १५ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल नामिबियासंग पराजित भएको छ । नेपाल नामिवियासंग २० रनले पराजित भएको हो ।
काठमाडौंको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा जीतका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो ।