नेपालगञ्ज, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, बाँकेले पार्टीको १०औं महाधिवेशन लक्षित दुई महिने संगठन विस्तार अभियान सञ्चालन गर्नेभएको छ ।
सोमवार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले बाँकेका सबै स्थानीय तह र ८१ वडामा मुख्य अभियन्ता तोकेर फागुन २२ देखि ३० गतेभित्र वडा कमिटी, जनवर्गीय संगठन गठन, पालिका कमिटी, पुनर्गठन, अद्यावधिक गर्ने, सदस्यता वितरण गर्ने लगायत विभिन्न निर्णय गरेको छ ।
उक्त पार्टीको बाँके जिल्ला अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको पूर्ण वैठकमा लुम्बिनी प्रदेश इन्चार्ज तथा पार्टी केन्द्रीय सचिव हरि पराजुली, प्रदेश अध्यक्ष तथा पोलिटव्युरो सदस्य सोमप्रसाद पाण्डे, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव अशोक कोइराला, केन्द्रीय सदस्य अव्दुल हुसेन खाँ लगायतले बोल्नुभएको थियो