नेपालगञ्ज, १४ फागुन । नेपालगञ्जस्थित मानवसेवा आश्रमलाई रु ५१ हजार बराबरको खाद्यान्न सहयोग गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० ले उक्त सहयोग गरेको हो । उक्त वडाका चार जना सदस्यको उपस्थितिमा खाद्यान्न हस्तान्तरण गरिएको हो । २०७९ असारदेखि सोही वडामा सञ्चालित आश्रममा हाल ५५ जना आश्रित रहेका छन् । आश्रमले घरवार र परिवारविहिन भई सडकपेटी र सार्वजानिक स्थलहरुमा कष्टपूर्ण जीवन विताइरहेकाहरुको उद्धार, औषधोपचार, पालनपोषण, र पारिवारीक पुनर्मिलन गराउदै आएको छ ।
२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्य लिएको मानवसेवा आश्रमले हालसम्म कुनैपनि दातृ संघ संस्थाको सर्त सहितको सहयोग स्विकार नगरेको दावी गरिएको छ ।