नेपालगञ्ज, १४ फागुन । नेपालगञ्जमा आइतवार मानव बेचविखनविरुद्ध अन्तरसीमा कार्यशाला गरिएको छ । शक्ति समूहले आयोजना गरेको कार्यशालामा नेपाल-भारत सीमावर्ती प्रशासन तथा प्रहरीलगायत सरोकारवाला निकायका पदाधिकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यशालाका सहभागिहरुले मानव बेचविखन नियन्त्रणमा नेपाल-भारतका आधिकारिक तहवाट प्रभावकारी सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
उक्त कार्यशालाको नेपालगञ्जका मेयर प्रशान्त विष्टले उद्घाटन गर्दै मानव बेचबिखन दुबै देशको साँझा सवाल बन्नुपर्नेमा जोड दिदै यसको नियन्त्रण पनि दुवै पक्षको सहकार्यवाट मात्र सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी उपरीक्षक सुबासचन्द्र बोहरा, शक्ति समूहका अध्यक्ष नातीसरा राई, कार्यतास इण्डिया कलकत्ताका आशा रुस्लिन, भारतीय सीमा नाका प्रहरी अधिकारी, भारतमा रहेर मानव बेचबिखन विरुद्ध काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुबीच गहन छलफल भएको थियो