नेपालगञ्ज, १३ फागुन । नेपाली कांग्रेस, बाँकेका पूर्व सभापति गजेन्द्रबहादुर हमालले महासमिति सदस्य पदवाट राजिनामा दिनुभएको छ ।
‘काठमार्डौमा फागुन ७ देखि १० गतेसम्म भएको नेपाली काँग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्र स्थापना हुनुपर्ने मागसहितको प्रस्ताव छलफलमा प्रवेश नगराइएकाले महासमिति सदस्य पदवाट नैतिकताका आधारमा राजिनामा दिएको हुँ’—हमालले भन्नुभयो ।
पँचास प्रतिशतभन्दा बढी (१ हजार ४७) महासमिति सदस्यले हस्ताक्षर गरी दर्ता समेत गराएको उक्त प्रस्ताव छलफलमै प्रवेश नगराउनमा नेतृत्वतह दोषी रहेको हमालको ठम्याई छ । नेपालगञ्जस्थित काँग्रेस पार्टी कार्यालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा पूर्व सभापति हमालले भन्नुभयो—‘मैले महासमिति पदवाट मात्र राजिनामा दिएको मात्र छु, पार्टी भने छाडेको छैन ।’
पत्रकार सम्मेलनमा हमालले अब आफु हिन्दुत्वको प्रचार गर्न गाउँगाउँ पस्ने बताउदै नेपालमा सनातनी हिन्दुहरुको अस्तित्व विस्तारै कमजोर हुँदै गएको छ भन्नुभयो ।