नेपालगञ्ज, १२ फागुन । सुर्खेतमा भएको हाफ म्याराथन (२१ किलोमिटर) दौड प्रतियोगितामा जुम्ला तातोपानी गाउँपालिका वडा नंं ७ का दलबहादुर कुँवर प्रथम हुनुभएको छ ।
नेपाली सेना उत्तरपश्चिम पृतनाले सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजना गरेको ‘एकताका लागि दौड’ (रन फर युनिटी–२०८०) प्रतियोगितामा कुँवरले १ घण्टा ८ मिनेटमा उक्त दुरी पूरा गरेर प्रथम हुनुभएको हो ।
प्रतियोगितामा कालीकोट रास्कोट नगरपालिका–३सन्तोष योगी द्वितीय हुनुभएको छ । योगीले १ घण्टा २३ मिनेटमा उक्त दूरी पार गर्नुभएको हो । त्यस्तै, १ घण्टा ३२ मिनेटमा २१ किलोमिटर दूरी पार गरी नेपाली सेनाका आशीष गुरुङले तृतीय स्थान हासिल गर्नुभएको छ ।
प्रतियोगिता समापन समारोहमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रतियोगितमा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्नेलाई जनही ३५ हजार, २५ हजार र १५ हजार नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
यस्तै, प्रतियोगिताको १० किलोमिटर पुरुषतर्फ धिरबहादुर बुढा प्रथम, सञ्जीव नेपाली द्वितीय र अक्कल बडुवाल तृतीय हुनुभएको छ । सोही दुरीको महिलातर्फ सुर्खेतका आशा रावत प्रथम, जुम्लाका द्वितीय र तृतीय स्थान जुम्लाका समिता बुढा राज्यलक्ष्मी रावलले प्राप्त गर्नुभएको छ
यसैगरी, ५ किलोमिटर दौड प्रतियोगिताको छात्रमा अजय विक प्रथम, दीपेन्द्र बोहोरा द्वितीय र सुजन विक तृतीय भएका छन् । छात्रातर्फ जुम्लाका कल्पना बुढा प्रथम, द्वितीय र तृतीय स्थान सुर्खेतका बिमला कार्की र उर्मिला खनालले प्राप्त गर्नुभएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.