नेपालगञ्ज, ११ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बर्तमान सरकार राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकता बलियो बनाउन लागिपरेको बताउनुभएको छ । नेपालगञ्जमा शुक्रवार आयोजित पत्रकार भेटघाट तथा नागरिक समाजसंगको अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री श्रेष्ठले विकास र समृद्धिको वाटोमा सरकार अग्रसर भएको दावीसमेत गर्नुभयो । ‘सुशासन सरकारको मुख्य प्राथमिकतामा हो, तसर्थ भ्रष्टाचार गर्नेलाई कुनै हालतमा छाडिन्न्’ गृहमन्त्रीले चेतावनी दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले नेपालगन्जमा आजै सम्पन्न दुई दिने सुरक्षा गोष्ठमा लुम्बिनी प्रदेश अन्तर्गतका १२ वटै जिल्लाका सुरक्षा अवस्थाबारे गम्भीर छलफल गरी ठोस सुरक्षा रणनीति तय गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, सहरी विकास मन्त्री कृष्णा केसी नमुना, पूर्व मन्त्री इश्तियाक राई राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायतको सहभागिता थियो ।