नेपालगञ्ज, ९ फागुन । काठमाडौंमा जारी आइसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालले खेलमा २ विकेटको हार बेहोरेको छ । पहिलो खेलमा पनि नेपाल ४ विकेटले पराजित थियो । १६९ रनको सामान्य चुनौती लिएर मैदानमा उत्रिएको नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा जित निकालेको हो । यो जितसंगै नामिबियाले महत्वपूर्ण २ अंक जोडेको छ । नामिबियाका लागि कप्तान गहार्ड इरामसले ५२ रन र जेजे स्मितले ३४ रन बनाएका थिए । नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिए ।
नेपालका लागि आसिफ शेखले अर्धशतक बनाएका छन् । उनी ५८ रन बनाएर आउट भएका थिए । एक दिवसीयमा आसिफको यो १२ औँ अर्धशतक हो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.