नेपालगञ्ज, ८ फागुन । आज भएको एक दिवसीय क्रिकेटमा नेपाल ए ले क्यानाडा ११ लाई दुई बिकेटले हराएको छ । क्यानडा एघारविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि पाएको २४१ रनको लक्ष्य ५ बल बाँकी छँदै ८ विकेटको क्षतिमा पूरा गरेको हो ।
यो जितसँगै नेपालले ३ खेलको शृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपाल क्यानाडासंग ४ विकेटले पराजित भएको थियो ।
नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेलेका थिए । सन्दीपले ६६ र बसिरले ५२ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले अलआउट हुँदै २४० रन बनाएको थियो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.