नेपालगञ्ज, ७ फागुन । यही फागुन १९ देखि २६ गतेसम्म हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको आयोजक महारुद्र परिवार फाउन्डेसनले जनाएको छ ।
विश्वशान्ति महायज्ञमा अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध, किराँत ३ वटै धर्म विधिअनुसार पितृहरुको उद्धारको कामनासहित पाठपूजाको व्यवस्था गरिएको छ । हिन्दु, बौद्ध र किराँत ३ धर्मका धेरै गुरुहरु महायज्ञ अवधिभर उपस्थित रहने जनाइएको छ । महायज्ञमा प्रवचन, दैनिक हवन, रासलिला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्रीको पनि प्रदर्शन गरिने फाउण्डेसनका अध्यक्ष खगेन्द्र पोखरेलले बताउनुभयो ।
‘धर्म—धर्मबीच दुरी बढ्दै गइरहेका बेला यो महायज्ञले धार्मिक एकतालाई मजवुत बनाउने छ’—अध्यक्ष पोखरेलले भननुभयो । महायज्ञमा पूर्व युवराज्ञी हिमानी शाहलाई समेत निमन्त्रणा दिइएको छ
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.