नेपालगञ्ज, ४ फागुन । यही फागुन ७ गते नेपाल एयरलाइन्सले हुम्लाको सिमकोट–सुर्खेत परीक्षण उडान गर्ने भएको छ । यसअघि सो एयरलाइन्सले नेपालगञ्ज–सिमकोट–नेपालगञ्ज उडान गर्दै आएको थियो । एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्न लागेको र उडानको सबै तयारी पूरा भैसकेको नेपाल एयरलाइन्स सिमकोटले जनाएको छ ।
सिमकोट–सुर्खेत हवाई उडानले त्यस क्षेत्रका स्थानीयलाई सहज र हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
प्राविधिकका अनुसार, सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । नियमित उडान भए अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न ३५ मिनेट लाग्ने बताइएको छ ।