नेपालगन्ज, २८ माघ । बाँके जिल्ला फुटबल संघले मेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगिताको दौरान अनुशासन उल्घंन गरेको भन्दैं जिभिएन स्कुललाई दुई वर्षको लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संघको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरितको क्रियाकलाप गरेको भन्दैं दुई वर्ष प्रतिबन्ध र १० हजार जरीवाना समेत गर्ने निर्णय गरेको हो । कारबाहीमा परेको जिभिएनले दुई वर्षसम्म संघले आयोजना गर्ने प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ ।
खेल रेफ्री, म्याच कमिसनर र प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष निर्मल चन्दको प्रतिवेदनका आधारमा संघले कारबाही गरेको हो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षमा बसेको बैठकले अन्य महत्वपुर्ण निर्णय समेत गरेको छ । संघले बाँके जिल्लास्तरको मेयर कप च्याम्पियन टिम नेपालगन्ज सेन्ट जेभियर्स छात्र टिम र कैलाली मेयर कपको डिफेन्डिङ च्याम्प्यिन टिमकैलाली गुरुकुल इंङलिस मिडियम स्कुलबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
फागुन १९ गते बाँकेमा आयोजना गरिने मैत्रीपुर्ण फुटबलको खेलको संयोजकको रुपमा संघका सदस्य दिपेन्द्र घलेलाई जिम्मेवारी दिइएको छ । मैत्रीपुर्ण फुटबल खेलको लागि खेलाडी छनोटको जिम्मेवारी प्रशिक्षक सानु तामाङ र रबिन्द्र श्रेष्ठले पाउनु भएको छ । त्यस्तै, टिम तयारीका लागि मुख्य प्रशिक्षकको रुपमा भीमजङ्ग शाह, प्रशिक्षकमा युवराज शाही र विशाल परियारलाई छनोट गरिएको छ ।
यसैगरी, संघले प्रतिभावान खेलाडी उत्पादन गर्नको लागि वर्षभरी ग्रासरुट कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसको लागि संघका अध्यक्ष शाहीको संयोजकत्वमा ग्रासरुट कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ । ग्रासरुट कार्यक्रमको सदस्यका रुपमा संघका उपाध्यक्षद्धय निर्मल चन्द, टोपेन्द खत्री, महासचिव कमल खत्री र सदस्य दिपेन्द्र घले रहनु भएको छ ।
यसैगरी संघले अखिल नेपाल फुटबल संघको फागुन १४ गते काठमाडौंमा हुने साधारण सभामा संघका उपाध्यक्ष टोपेन्द्र खत्री र सदस्य नम्रता तामाङलाई पठाउने निर्णयसमेत गरेको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.