नेपालगञ्ज, २५ पुस । बाँकेको खजुरास्थित लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा मरेका छन् । २१ बाख्राको उद्दार गरिएको छ ।
कृषि अनुसन्धान निर्देशनालय अन्तर्गतको उक्त इकाईमा विद्युत सर्ट भएर आगलागी भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । डाँगीका अनुसार, आज बिहान ३ बजे आगलागी भएको हो ।
स्थानीय र इकाई कार्यालयका कर्मचारीको प्रयासपछि ६ बजे आगलागी नियन्त्रणमा आएको थियो । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.