नेपालगञ्ज, २४ पुस । नेपालगञ्ज उपमहानगरपालिकाले आज ५ वटा विद्युतिय रिक्सा नष्ट गरेको छ । अवैधरुपमा चलाउदै आएको उक्त रिक्सा नष्ट गरिएको नगर प्रहरी प्रमुख सूर्य बोगटीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले अवैध रिक्सा नियन्त्रण अभियान थालेपछि पहिलो पटक रिक्सा नष्ट गरिएको हो । उपमहानगरपालिकाले मंसिर १९ गतेदेखि यो अभियान थालेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले अहिलेसम्म नियन्त्रणमा लिएको ६२३ रिक्सा मध्ये कागजात र प्रक्रिया पु¥याएका ५३८ रिक्सा फिर्ता भएका छन् भने नियन्त्रणमै रहेका ८५ वटा रिक्सा माथि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।