नेपालगञ्ज, २२ कात्तिक । लुम्बिनी प्रदेश मुख्यमन्त्री गोल्ड कप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
बाँकेको कोहलपुरमा भएको फाइनल प्रतिस्पर्धामा चर्च ब्वाइज युनाइटेड क्लबलाई २–० गोल अन्तरले पाखा लगाउदै आर्मी क्लबले जित निकालेको हो ।
आर्मीले नगद ८ लाख रुपैयाँ र ट्रफी र उपविजेता चर्च ब्वाइजले ४ लाख हात पारेको छ । कात्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टीमको सहभाािगता रहेको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.