नेपालगञ्ज, १९ कात्तिक । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरुका लागि बाँकेको डुडुवा गाउँपालिकाले एक राहत उपलब्ध गराउनेभएको छ ।
सो गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले १ सय ५० भूकम्प प्रभावित परिवारलाई खाद्यान्न सामग्री उपलव्ध गराउने निर्णय गरेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । यसअघि सो गाउँपालिकाले घाइतेको उद्दार सहजताका लागि चिकित्सक र स्वास्थ्यकर्मीसहित एउटा एम्बुलेन्स जाजरकोट पठाएको छ ।
अध्यक्ष चौधरीका अनुसार, आज बसेको कार्यपालिका बैठकले जाजरकोटमा १ सय र रुकुमपश्चिममा ५० जना प्रभावितका लागि खाद्यान्न सामाग्री पठाउने निर्णय गरेको हो । ।
चामल, दाल, नून, तेल, सोयविन, कम्बल, पीपी फर्म, लगायत सामाग्री पठाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवालले बताउनुभयो । उहाँका अनुसार, अहिले पीडितहरुका लागि खाद्यान्न सामग्रीको आवश्यकता रहेकाले खाद्यान्न र कपडालगायतका सामग्री पठाउन लागिएको हो ।