नेपालगञ्ज, १९ कात्तिक । नेपालगञ्जका व्यापारी तथा समाजसेवी नन्दलाल वैश्यले भूकम्प प्रभावितहरुलाई न्यानो कपडा उपलव्ध गराउनुभएको छ । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते विरामी र कुरुवाहरुका लागि वैश्यले आप्mनै खर्चमा ३१ थान तन्ना र ३१ कम्बल उपलव्ध गराउनुभएको हो ।
वैश्यले उक्त सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षसमेत रहनुभएका वैश्यले आजै अस्पतालका घाइते बिरामीलाई चिया, विस्कुट र फलफुल उपलव्ध गराउनुभएको थियो ।