नेपालगञ्ज १९ कात्तिक । जाजरकोट र रुकुमपश्चिम जिल्ला र त्यस आसपासमा भूकम्पका कारण घाइते भएकाहरुका लागि नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । अस्पतालमा विरामी ल्याउन र भर्ना भएका विरामीहरुका लागि सबैतर्पmवाट सहयोगका हातहरु अगाडी बढेका छन् । घाइतेहरुका लागि आर्थिक सहयोगदेखि लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका सहयोग हुँदै आएका छन् ।
यसैबीच, बाँकेको डुडुवा गाउँपालिकाले घाइतेहरुलाई उद्धार गरी सहज तरीकाले अस्पताल पुरयाउन निःशुल्क एम्बुलेन्स उपलव्ध गराएको छ । गाउँपालिकाले दुई जना चालकसहित एउटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको छ ।
एम्बुलेन्ससंगै फिजिसियन डा. दयाराम यादव जाजरकोट अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार, गाउँपालिका बैठकले भूकम्प प्रभावितहरुकालाई लागि समेत थप सहयोग कार्यक्रमका बारेमा आजै महत्वपूर्ण निर्णय गर्ने भएको छ ।