नेपालगञ्ज, १८ कात्तिक । शुक्रवार मध्यराति प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका घाइते मध्ये ३१ जनाको नेपालगञ्जस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
भेरी अस्पतालमा २९ जना र शिक्षण अस्पताल कोहलपुरमा २ जनाको उपचार भइरहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।
बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालमा उपचाररत मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।