नेपालगञ्ज, १८ कात्तिक । बाँकेको कोहलपुरमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा चर्च व्वाईज यूनाईटेड पुग्न सफल भएको छ । आज भएको सेमिफाइलन खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई ३—० ले पराजित गर्दै फाइनलमा आप्mनो स्थान सुरक्षित गरेको हो ।
चर्च व्वाईज यूनाईटेडका खेलाडी सुशान श्रेष्ठ, विशाल बस्नेत र आरुज सिंहले एक÷एक गोल गरेका थिए । विशाल म्यान अफ दि म्याच घोषित भए । उनलाई रु ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत भोलि त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. क्लब चितवनबीच खेल हुने संयोजक रामबहादुर मल्ले जानकारी दिनुभयो । खेल ३ बजे शुरु हुनेछ ।